चारै खेल जितेर न्युजिल्यान्डतिर
####good
चौथो तथा अन्तिम अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाई २ सय ४६ रन जोड््यो। कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। जवाफमा ब्लुमफिल्ड दुई बलअघि अलआउट हुँदै २ सय ३० रनमा सीमित भयो। तीब्र गतिका बलर सोमपाल कामी र स्पिनर वसन्त रेग्मीले समान ३ विकेट लिए।
ओपरद्वय सुवास खकुरेल र अनिल मण्डलले पहिलो विकेटमा ८४ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याए। अनिलले ६३ बलमा ३८ रन बनाए। सुवासले ८२ बलमा ४१ रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए।
कप्तान पारस र शरद भेषावकरले चौथो विकेटमा ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५८ बल खेलेका पारसले २ छक्का र ४ चौकाबाट ६२ रन बनाए। शरदले ६५ बलमा ३६ रन बनाए। विनोद भण्डारीले तीब्रगतिमा रन जोड्ने क्रममा १२ बलमा ३ छक्का र १ चौकासहित २८ रन बनाए। सागर पुनले ५, बसन्तले ९ र प्रदीप ऐरीले अविजित २ रन बनाए।
इरान खान, अमिला अपोस्नु र अडिसा नानायाकाराले २–२ विकेट तथा क्रिसन वारिरत्ने र निपुल करुणारत्नेले १–१ विकेट लिए।
जवाफ ३८ रनमा पहिलो विकेट गुमाएको ब्लुमफिल्डले त्यसपछि लगातार विकेट गुमायो। नेपाली बलर वसन्तले ७.४ ओभर बलिङ गर्दा २ मेडन राख्दै २५ रन खर्चे। सोमपालले १० ओभरमा ४७ रन दिए। अविनाश कर्ण र शक्ति गौचनले पनि १–१ विकेट लिए।
ब्लुमफिल्डबाट सादुन रणतुङ्गेले ४८, निपुन करुणारत्नेले ३१, अदिशा नानायाकाराले २९ रन जोडे।
यसअघि नेपालले मोर्स क्रिकेटक्लबलाई २ विकेट र कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा मंगलबार नेपालले श्रीलंका पोर्टस्समाथि २ विकेटको विजय पाएको थियो। माघ २ गतेदेखि न्युजिल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप छनोटमा भाग लिन नेपाल बिहीबार राती श्रीलंकाबाट त्यसतर्फ प्रस्थान गरेको छ। छनोट स्पर्धाअघि नेपालले केही अभ्यास खेल खेल्नेछ।
####
.jpg)



0 comments
Write Down Your Comment