बलात्कारमा परेकी १३ वर्षिया बालिका गर्भवती
####good
बालिकले आइतबार पेट दुख्यो भनेपछि परिवारले सोधपुछ गर्दा बालिकाले काँदुले पटक पटक बलात्कार गरेको बताएकी थिइन् । त्यसपछि बालिकाको परिवारले सोमबार प्रहरीमा उजुरी गरेका थिए ।
उजुरीपछि काँदुलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीमाथि पटक पटक जबरजस्ती करणी भएको र त्यसबाट उनी गर्भवती समेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नाताले काका पर्ने भारतीय नागरिक काँदुले बालिकालाई फकाएर पटक पटक करणी गरेको बालिकाका परिवारले बताएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment