मलेशियाका जेल ३ सय २९ नेपाली
####good
मलेशियाका १६ वटा जेलमा ३ सय २९ नेपाली थुनिएको दुताबासले जनाएको छ । यही हप्ता दुताबासको एउटा टोली जेलमा पुगेर उनीहरुको अवस्था बुझ्ने राजदुत डा. नीरञ्जन मानसिहं बस्न्यातले जानकारी दिनुभयो ।अनुगमनपछि अबस्था हेरेर सम्भब भए सम्म छिटै स्वदेश फर्काउन पहल गर्ने उहाँले बताउनुभयो ।मलेशियाका जेलमा गम्भीर अपराधदेखि चोरीका मुद्दामा नेपालीले सजाय भोगीरहेका छन् । जेल सजया पुरा गरेकालाई डिटेन्सनक्याम्पमा सार्ने गरिन्छ र तिनलाई निशुल्क यात्रा अनुमति पत्र दिने दुताबासले जनाएको छ ।
तर त्यो क्याम्पमा कति नेपाली छन् भन्ने तथ्याङ्क आइनसकेको र खोज्ने काम भइरहेको राजदुत बस्न्यातले जानकारी दिनुभयो । भाषा र नियम कानुन नजान्दा, साथीभाइको लहै लहै, कुलत र अवैधानिक रुपमा बसेका कामदारले जेलमा कष्टकर जीवन बिताईरहेको पाइएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment