एमाओवादीलाई जनताले सम्मानजनक स्थान दिएका छन् : ओली
####good
विराटनगर, मंसिर ११ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले अबको संविधानसभाले संविधान जारी गरी छाड्ने बताएका छन् । आज विराटनगर विमास्थलमा सञ्चारकर्मीसँंग कुरा गर्दै ओलीले सबै दलको सहमतिमा एकवर्ष भित्रै नयाँ संविधान जारी गरिने बताए ।एकीकृत माओवदीलाई पनि जनताले सम्मानजनक स्थान दिएको भन्दै उनले परिणामलाई स्वभाविक रुपमा लिएर उनीहरु पनि संविधान लेखनमा सहभागी हुनुपर्नेमा जोड दिए ।
####
.jpg)



0 comments
Write Down Your Comment