नेपालमा ५० हजार विदेशी गैरकानुनी कामदार
####good
श्रम स्वीकृति नलिइ काम गरेका विदेशीमाथि निगरानी
काठमाडौ, पुस २९ - श्रम स्वीकृति नलिई नेपालमा काम गरेका विदेशीलाई सरकारले निगरानी थाल्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम बिभागले अनुमति नलिइ काम गरिरहेका विदेशीलाई प्रक्रियामा आउन आइतबारदेखि ९० दिनको समय दिएको छ ।
९० दिन भित्र श्रम स्वीकृति लिने विदेशीलाई आयकर, ईमिग्रेसन शुल्क र भिसा शुल्क छुट दिइने भएको छ ।
'९० दिन पछि श्रम स्वीकृति नलिइ काम गर्ने विदेशी भेटिए कानुन अनुसार कारवाही गरिनेछ', श्रम बिभागका महानिर्देशक कृष्णहरी पुस्करले भने, 'विदेशीलाई काम लगाउने बिभिन्न संस्था र कम्पनीमा अनुगमन गरिनेछ ।'
श्रम स्वीकृति बिना काम गरिरहेका विदेशीलाई जरिवाना, कारागार वा दुवै र देश निकालाको सजाय हुनसक्ने उनले बताए ।
पर्यटक भिसामा आएर गैरकानुनीरुपमा काम गर्ने प्रवृत्ति बढेपछि सरकारले यस्तो अभियान थालेको हो । श्रम स्वीकृति नलिई काम गर्दा सरकारलाई करबापत बाषिर्क झण्डै चार अर्ब घाटा हुने गरेको बिभागको अनुमान छ ।
बिभागका अनुसार नेपालमा बिभिन्न क्षेत्रमा गैरकानुनी रुपमा काम गरिरहेका ५० हजार विदेशी छन् । बिभागबाट जम्मा ९ हजार नौसय २० जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । स्वीकृति लिनेमध्ये ८० प्रतिशत चिनियाँ छन् ।
नेपालमा गैरसरकारी संस्था, कुटनीतिक नियोग, जनबिद्युत,  निर्माण, बैंकिङ, सञ्चार, एयरलाईन्स, होटल र शिक्षा क्षेत्रमा विदेशीले काम गरिरहेको बिभागले जनाएको छ ।


####




0 comments

Write Down Your Comment