कोरियामा एक नेपालीको मृत्यु
####good
सोल, पुस २९ -
कोरियामा बेहोस अवस्थामा उपचार गराइरहेका एक नेपालीको मृत्यु भएको छ ।
बिगत पाँच महिनादेखि सोल उल्जीरो ओगास्थित नेशनल मेडिकल सेन्टरको आइसीयुमा उपचार गराई रहेका धनकुटा परेवादीनका होम थक्लेङ लिम्बुको आइतबार साँझ मृत्यु भएको हो ।
सोल नाम्देमुन नजिकै रहेको एक गार्मेन्ट कम्पनीमा काम गरिरहेका बेला गत अक्टोबर ५ आकस्मत बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी रक्तचाप पीडित थिए ।
लामो समयदेखि कोरिया बस्दै आएका ६० बर्षीय लिम्बुको उपचार खर्च हालसम्म चुक्ता गरिएको छैन ।
उनी भूतपूर्व भारतीय सैनिक समेत हुन् । उनको २ छोरा र एक छोरी छन् ।
कोरियामा बेहोस अवस्थामा उपचार गराइरहेका एक नेपालीको मृत्यु भएको छ ।बिगत पाँच महिनादेखि सोल उल्जीरो ओगास्थित नेशनल मेडिकल सेन्टरको आइसीयुमा उपचार गराई रहेका धनकुटा परेवादीनका होम थक्लेङ लिम्बुको आइतबार साँझ मृत्यु भएको हो ।
सोल नाम्देमुन नजिकै रहेको एक गार्मेन्ट कम्पनीमा काम गरिरहेका बेला गत अक्टोबर ५ आकस्मत बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी रक्तचाप पीडित थिए ।
लामो समयदेखि कोरिया बस्दै आएका ६० बर्षीय लिम्बुको उपचार खर्च हालसम्म चुक्ता गरिएको छैन ।
उनी भूतपूर्व भारतीय सैनिक समेत हुन् । उनको २ छोरा र एक छोरी छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment