सीमा जोडिएका जिल्लाका १२ सभासद्लाई चीनले बोलायो
####good
एमाले सभासद् आचार्यले आफूहरू साताव्यापी भ्रमणका लागि चीन जान लागेको बताए। उनका अनुसार बेइजिङ र संघाईका सभासद् र सरकारी अधिकारीसँग नेपाली सभासद्को भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम रहेको अन्नपूर्ण पोस्टमा खबर छ । दोस्रो संविधानसभाका सभासद्लाई भ्रमणको निम्तो दिने चीन पहिलो मुलुक भएको छ। चिनियाँ दूतावासले संविधानसभा सचिवालयसँग भ्रमण कार्यतालिका मिलाएको हो। यसअघि दूतावासले आफ्नो मुलुकसँग सीमा जोडिएका क्षेत्रका सभासद्लाई ‘भोज’ दिएको थियो। पछिल्लोपटक चीनले संविधानसभाप्रति निकै चासो देखाइरहेको छ। कांग्रेसका एक नेताले भने, ‘विघटित संविधानसभामा जुन प्रकारले राज्य पुनर्संरचनाको खाका आयो, त्यसबाट चीन झस्केको देखिन्छ। अब उसले आफ्नो चासो प्रस्ट अघि सार्न थालेको छ।’
####
.jpg)



0 comments
Write Down Your Comment