बीमा कम्पनीमा कार्यकारी प्रमुखको हाहाकार !
####good
८ फागून काठमाडौं । बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धकलगायतका उच्च व्यवस्थापकको हाहाकार मच्चिएको छ । गुराँस लाईफ, नेको, प्राइम लाईफ, एभरेष्ट र एनबी इन्स्योरेन्समा कार्यकारी प्रमुखकको पद खाली छ । तर, बीमा समितिले १९ महिनाअघि जारी गरेको ‘बीमकको संस्थागत शुसासन निर्देशिका’मा कार्यकारी प्रमुख बन्नका लागि तोकिएको योग्यता पुगेका व्यक्ति नभेटिएपछि ती कम्बीपनीका सञ्माचालक समितिले उच्च व्यवस्थापक नियुक्ती गर्न सकेका छैनन्र ।समितिले निदेर्शिकामार्फत् बीमा कम्पनीको कार्यकारी प्रमुख बन्न मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नात्तकोत्तर तह उत्तिर्ण गरी कानून बमोजिम गठन भएको संस्थाको व्यवस्थापक वा सो सरहको पदमा रहेर कम्तीमा दश वर्ष -बीमा क्षेत्रमा दुई वर्षगरी) अनिवार्य काम गरेको हुनुपर्ने कडा व्यवस्था छ । यो व्यवस्थासँगै बीमा क्षेत्रमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु पनि अयोग्य ठहरिएका छन् । गुराँस लाईफ, एनबी र युनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका सुनिल देवकोटा अयोग्य ठहरिए । एनबी इन्स्योरेन्सले देवकोटालाई कार्यकारी प्रमुखमा पुनः नियुक्ति गर्ने प्रस्ताब गरेपछि निर्देशिकामा तोकिएको योग्यता नपुगेकोभन्दै समितिले स्वीकृति दिएन । त्यसपछि उनी गुराँस लाइफको सल्लाहकार बनेर कार्यकारी प्रमुखकै काम गर्दैं आएका छन् । नेको इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिृक भोजराज शर्माले राजीनामा दिएकाले सो कम्पनीमा पनि कार्यकारी प्रमुखकको अभाव खडि्कएको छ ।
पि्रमियरसँग मर्जर गर्ने सञ्चालक समितिको निर्णय साधारणसभाबाट पास नभएपछि यो कम्पनीलाई तत्काल सीइओ नियुक्ति गर्नुपर्ने दबाब परेको छ । तर, योग्य व्यक्ति नभेटिएको एक सञ्चालकले बताए । पि्रमियर र नेकोको मर्ज भएको भए मर्जपछिको संस्थामा पि्रमियरका सीइओ सुधुम्न उपाध्याय कार्यकारी प्रमुख बन्ने सहमति भएको थियो । बीमा समितिले प्राइम लाईफ इन्स्योरेन्सका सीइओ रेष्टा झालाई कारवाही गरेपछि सो कम्पनीमा पनि कार्यकारी प्रमुखको पद रिक्त भएको छ । त्यसैगरी समस्याग्रस्त एभरेष्ट इन्स्योरेन्सबाट बीमा समितिले नेतृत्व गरेको व्यवस्थापन यही फागून ४ गते फर्किएसँगै नयाँ व्यवस्थापन नभेटिने पक्कापक्की छ । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई बीमा समितिले कारवाही गरेको र अढाई करोड रुपैयाँ अनियमितता गरेको अभियोगमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ भने सोही अभियोगमा कम्पनीका सहायक महाप्रबन्धक अनिल ढुंगेल विरुद्ध पनि मुद्दा चलेको छ । समितिले पठाएको व्यवस्थापनले फागून एक गते विषेश साधारणसभा गराएर निर्वाचित सञ्चालक समितिलाई कम्पनीको जिम्मा लगाउँदै विदा लिएको थियो । त्यसैगरी बीमा समितिको काराबाहीमा परेको एनबी इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत बिक्रान्त पाण्डेले राजीनामा दिएको नौ महिना भइसकेको छ । तीन महिनाअघि सञ्चालक समितिले रघु पन्तलाई सीइओ नियुक्ति गरे पनि निर्देशिका अनुसार योग्य नभएको भन्दै बीमा समितिले अस्वीकार गर्यो । अन्तत एनबीले पनि योग्य सीइओ पाएन ।
बीमा कम्पनीमा कार्यरत तल्लो तहका कर्मचारीभन्दा कार्यकारी प्रमुखले १५ गुणाभन्दी बढी तलब तथा भत्ता लिन नपाइने व्यवस्था गरेको छ । यो व्यवस्था बीमा क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण नहुनुको अर्को कारण हो । किनभने यो व्यवस्था अन्तर्गत रहेर कम्पनीको प्रमुख कार्यकारी अधिकृतले मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब भत्ता लिन सक्ने अवस्था छैन । शुशासन निर्देशिका संसोधन गर्ने तयारीमा बीमा समिति बीमा कम्पनीहरुले प्रमुख कार्यकारी नियुक्ति गर्न नसकेपछि बीमा समितिले संस्थागत शुसासन निर्देशिका परिमार्जन र्गे तयारी गरेको छ । ‘बीमा कम्पनीहरुमा कार्यरत सीइओ तथा महाप्रबन्धक नै अयोग्य बनेको र योग्यता पुगेका अन्य व्यक्ति नभेटिएको सन्दर्भमा हामीले संस्थागत शुसासन अलि कडा भएको महशुस गरेका छौं’ समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले अनलाइनखबरसँग भने -’हामी चाँडैनै निर्देशिका संसोधन गर्ने तयारी गरिरहेका छौं । कम्पनीहरुमा कार्यकारी प्रमुखको हाहाकार पार्ने हाम्रो उद्देश्य होइन ।’ स्नात्तकोत्तर उत्तिर्ण गरेर कम्पनीमा १० वर्ष व्यवस्थापकीय पदमा रही काम गरेको र त्यसमा पनि दुई वर्ष बीमा क्षेत्रमा अनिवार्य काम गरेको हुनुपर्ने व्यवस्थामा समिति व्यापकरुपमा लचिलो हुने उनले बताए । तर, कति तोक्ने भन्ने खुलाउन चाहेनन् । तलब/भत्ताको व्यवस्थामा समिति केही लचक हुनसक्ने देखिएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment