खानेपानी महसुल दोब्बर बढाउने तयारी
####good
यसअघि संस्थानले गत वर्ष पुस १९ र यो वर्ष कात्तिक २७ मा प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत गरी पुनः पठाउन भनेको थियो। यसै अनुसार पुस १८ गते संस्थानले प्रस्तुत गरेको संशोधनसहितको मूल्य समायोजन प्रस्तावलाई आयोगले आज सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरेको छ।
आयोगको स्वीकृतिपछि यो महसुल दर देशभर लागू हुनेछ।
प्रस्तावमा मिटर भएको धारा मिटर नभएको धारा दुवैमा धाराको साइज अनुसार दोब्बरभन्दा बढी मूल्य तोकिएको छ।
त्यसैगरी ट्याङ्करको पानीमा पनि पाँच हजार लिटरको साबिक १३३० रुपैयाँलाई सेवा शुल्कसहित २२ सय कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ।
संस्थानको प्रस्तावमा सार्वजनिक धारामा पनि चर्को महसुल वृद्धि प्रस्ताव गरिएको छ। यस्ता धाराको साबिक महसुल ९ सय ९० रुपैयाँ रहिआएकोमा अब दुई हजार प्रस्तावित गरिएको छ।
यसअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले साउन १ देखि महसुल वृद्धि गरिसकेको छ। नयाँ महसुलअनुसार दस हजार लिटर पानीको १ सय ५० रुपैयाँ पर्छ ।
####
.jpg)





0 comments
Write Down Your Comment