मातेका यात्रुले बिमान अपहरणको नाटक गर्दा...
####good
ईन्डोनेसिया, वैशाख १२ - बिमान अपहरणको नाटक गरेर आतंक फैलाएको आरोपमा बाली एयरपोर्टबाट एक जना पक्राऊ परेका छन् । अष्टे्रलियाबाट ईन्डोनेसिया उडेको बिमानमा सवार यात्रुले अपहरण भएको भन्दै त्रास फैलाएपछि बालीमा आकस्मिक अवतरण गरिएको थियो ।
भर्सिन अष्टे्रलियाको बोइङ ७३७ मा सवार उक्त यात्रुलाई प्रहरीले हिरासतमा राखेको छ । पाइलटले एयरपोर्टमा खतराको संकेत पठाएपछि बिमान अपहरणमा परेको आशंका गरिएको थियो ।
'बिमान अपहरण भएको होइन्', एयरलाईन्सका अधिकारीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,'बिमानमा अत्याधिक मादक पदार्थ सेवन गरेका यात्रुले अपहरणको नाटक गरेका थिए ।'
ईन्डोनेसियाका हवाई सुरक्षा दस्ताले सबै यात्रु सकुशल रहेको बताएको छ ।

####
.jpg)

0 comments
Write Down Your Comment