आमा मेरी आमा(भिडियो)
####good
आज मातातिर्थ औशी, अर्थात आमाको मुख हेर्ने दिन । ‘आमा’ शब्द आफैमा पर्याप्त छ । यसको बर्णन गरिराख्न जरुरी छैन । आमाको मुख हेर्ने दिनको अवसरमा भिडियो निर्देशक एवं संचारकर्मी विदुर खतिवडाले ‘आमा मेरी आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोमा नायिका संचिता लुइटेलले अभिनय गरेकी छिन् । संचिताको साथमा उनका २ सन्तानलाई नै भिडियोमा देखाइएको छ । यो गीतमा निश्चल दाहालको शब्द, अमित बिष्टको आवाज छ । पैसा कमाउन परदेशको पुगेको छोराले आमालाई सम्भिmदै उसको वालापनको फ्लासब्याकमा गएको भिडियोमा देख्न सकिन्छ । यो भिडियोको छायांकन दुबइमा किरण खतिवडा र नेपालमा सुदिप बरालले गरेका हुन् । म्यूजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

####
.jpg)



0 comments
Write Down Your Comment