यसरी मनाइँदैछ शिवरात्रि (फोटो फिचर)
####good
वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी २ सयदेखि पाँच हजारसम्म दक्षिण दिएर बिदाई गरिने व्यवस्थासमेत गरिएको जानकारी दिए । कोष र गुठी संस्थानले दक्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरालगायतको व्यवस्था पनि गरेको छ । भारतको आसामस्थित कामरूप कामाक्षाबाट १ सय १० वर्षका मिलनबाबा पशुपतिमा आएको कोषले जनाएको छ । नेपालको जनकपुर, वीरगन्ज, हेटौँडा, नेपालगन्ज, चितवनलगायत तथा भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक आदि स्थानबाट साधुसन्त यहाँ आएका छन् । उनीहरू मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण भण्डारलगायत स्थानमा धुनी जगाउँदै, शक्तिको पूजा गरी खरानी घस्ने तथा गाँजा खाँदै निश्चिन्त भई जीवन जगत्को चिन्तन तथा परमात्माको साक्षात्कार गरिरहेका छन् ।विभिन्न भजन कीर्तनमा समेत उनीहरू सहभागी भएका छन् । कोषका अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन समेत गरिएको छ । उपराष्ट्रपतिको शुभकामना उपराष्ट्रपति परमानन्द झाले हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा नेपालीबीच आपसी धार्मिक सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको बताएका छन् । महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्दैश दिँदै झाले संविधानसभामार्फत लोकतान्त्रिक संविधानको निर्माण नै आजको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गरे ।









यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै उहाँले नयाँ संविधान निर्माणार्थ सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामनासमेत गरेका छन् । प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री सुशील कोइरालाले सबै नेपालीलाई आपसमा सद्भाव र मेलमिलाप कायम राखी मुलुकको विकासमा एकतावद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । शिवरात्रि पर्वको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा कोइरालाले यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, एकता, हार्दिकता, धार्मिक सहिष्णुता प्रदान गरोस् भन्ने अपेक्षासमेत गरेका छन् । सन्देशमा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषी राष्ट्रको रुपमा रहेको नेपालको विशेषताहरु नै विविधतामा एकता रही आएको उल्लेख गरिएको छ ।
####
.jpg)










0 comments
Write Down Your Comment