अस्पतालबाट ९ दिनको बच्चा चोरी, विवाह गरेको २० बर्षपछि पहिलो सन्तान जन्मिएको थियो
####good
शल्यक्रिया गरेर छोरा जन्मिएपछि मंगलवार पतिपत्नी टाँका काट्न अस्पताल गएका थिए । पत्नी लाइनमा बसेका बेला पति शौचालय गएका थिए । त्यहीँ बेला एक महिला आएर कति राम्रो बच्चा भन्दै खेलाउँछु भनेर लिएर गएकी आमा रामरतीले बताइन् । 'बच्चा हराएपछि तत्काल प्रहरीलाई खबर गरेँ', बुधबार साँझसम्म नभेटिएको बाबु सज्नुले दुखेसो पोखे ।
बच्चा हराएको खबर पाउँना साथ खोजी तीव्र बनाइएको ईप्रका बुटवलका निरीक्षक सोम थापाले बताए । मातहतका युनिट र छिमेकी जिल्लालाई संचारमार्फत खोजीका लागि अनुरोध गरिएको उनले बताए । चोरी गर्ने महिलाको हुलिया थाहा हुन नसक्दा अनुसन्धान गर्न गार्हो भइरहेको उनले बताए ।
बच्चा चोरी हुँदा आमा अचेत छिन् । विबाह गरेको २० वर्षपछि उनीहरुले सन्तान सुख पाएका थिए । 'औषधीमुलो गरी २ दशकपछि छोरा जन्मियो,' बाबुले भने,' राम्ररी हुर्काउन नपाई चोरी भयो ।' सुर्ताले दम्पती बोलचाल गर्न सकेका छैनन ।
'जसले लगेपछि सुरक्षित ल्याई दिन अनुरोध छ,' आमाले भनिन,' मेरो काख रित्याएर के पाउँछौं ।' पहिलो सन्तान भएपछि परिवारका सबै सदस्य खुसी भएका थिए । सुरक्षित रुपमा बच्चा फिर्ता गर्नेलाई उनका छिमेकी अलताफ खानले उचित पुरस्कार दिने बताएका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment