आर्थिक गतिविधि सन्तोषजन रहेको राष्ट्र बैंकको ठहर
####good
’ खतिवडाको समीक्षा प्रतिवेदना भनिएको छ,-’घरजग्गा कारोबारमा सुधार भएको छ, शेरय मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।’ तर, शेयर कारोबारको विस्तारले वित्तीय क्षेत्रमा पार्न सक्ने प्रभावप्रति राष्ट्र बैंक सतर्क रहेको खतिवडाले बताएका छन् । त्यसैगरी ८.० प्रतिशितको मुद्रा स्फिति दर केही बढ्न गई ८.५ प्रतिशत पुग्न सक्ने संशोधित अनुमान गरिएको खतिवडाले बताएका छन् । उच्च तरलताका कारण बैंकको ब्याजदर घट्दै गएको बताइएको छ । कतिपय क्षेत्रमा कर्जाको व्याजदर अपेक्षाकृत घट्न नसकेकाले कर्जा र निक्षेपवीचको भारित अन्तर ६.८५ प्रतिशत रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । विश्वको आर्थिक स्थिति अमेरिका र युरोपको आर्थिक मन्दीमा सुधार देखिने भएकाले विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशत पुग्ने अन्तरराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै भारतको आर्थिक वृद्धिदर ४.४ बाट बढेर ५.४ पुग्ने बताइएको छ भने चीनको आर्थिक वृद्धिदर चाँहि ७.७ बाट संकुचन भई ७.५ पुग्ने मुद्रा कोषलाई उधृत गर्दै बताइएको छ । नेपालमका समग्र कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहेको खतिवडाले जनाएका छन् । लगानी मैत्री वातावरण हुने अनुमानका आधारमा थप सुधार हुने अनुमानसमेत गरिएको छ । धानको उत्पादन १२.० प्रतिशत र मकैको उत्पादनमा ९.८ प्रतिशतले बढेको खतिवडाद्वारा सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ
####
.jpg)




0 comments
Write Down Your Comment