श्रीमानको हत्या गरी भागेकी महिला पक्राउ
####good
विहीबार राति श्रीमानको हत्या गरी भागेकी मथुरापाटी फूलबारी गाविस ८ की भोइमु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।तामाङलाई प्रहरीले शुक्रबार राति काभ्रेको नासिकास्थान ६ साँगाबाट पक्रेको प्रहरीले जनाएको छ ।
उनले विहीबार राति श्रीमान लोकबहादुर तामाङको बिहीबार हत्या गरेकी थिइन् ।
उनीहरुको २०६९ सालमा विवाह भएको थियो ।
पहिले विवाह गरेकी पत्नीको निधन भएपछि लोकबहादुरले भोइमुसँग विवाह गरेका थिए । घरायसी विवादमा भोइमुले लोकबहादुरलाई ढुंग्री र दाउराले हानेर हत्या गरेकी थिइन ।
####
.jpg)



0 comments
Write Down Your Comment