इजरेली राजदूत बने नेपाली वीरबहादुर
####good
१८ बैशाख, काठमाडौं । ‘मेरो नाम वीरबहादुर !’ नेपालका लागि इजरेली राजदूत हनान गोडरले जोक गरेका होइनन्, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुअघि आफ्नो परिचय दिँदा हल भने हाँसोले गुन्जियो । ‘

नेपाल आएपछि नेपाली नाम राखेँ, भाषा सिकेँ,’ नेपाली भाषामै हनानले आफ्नो नेपाल-माया दर्शाएपछि भने स्रोता-दीर्घामा सन्नाटा छायो, सबै राजदूतका गुनिला ‘उपदेश’ सुन्न तयार भएको नागरिक दैनिकमा खबर छ । सबैजसो नेपालमा कृषि क्षेत्रको विकासबारे महत्वपूर्ण सुझाव दिँदै आएका उनले बुधबार पनि त्यो क्रम टुटाएनन्, कृषिमा नेपालमा अधिकतम सम्भावना रहेको भन्दै उनले यस क्षेत्रमा आमुल परिवर्तनका लागि तत्काल कदम चाल्न सुझाए । नेपालमा कूटनीतिज्ञ भएर आउनेवित्तिकै यहाँको कृषि क्षेत्रप्रति बढी चासो राख्न थालेका हनानले लगत्तै नेपाली भाषा सिके ।

 सार्वजनिक कार्यक्रममा उनी आधा नेपाली, आधा अंग्रेजी बोल्दै मन्तव्य सुरु गर्छन्, नेपालीत्व बोध गराउँदै आफूलाई ‘म वीरबहादुर’ भनेर चिनारी दिन्छन् । ‘नेपालमा करिब ७० प्रतिशत किसान कृषि पेशामा संलग्न छन्, यति ठूलो जनसंख्या कृषिमा आवद्ध हुँदा पनि नेपाल खाद्यान्नमा परनिर्भर छ,’ हनानले कार्यक्रममा आफ्नो देशको समृद्धिको उदाहरण दिँदै भने, ‘इजरेलमा ३ प्रतिशत जनसंख्या मात्र कृषिमा छन्, त्यसबाट ९७ प्रतिशत जनसंख्यालाई खाद्यान्न आपूर्ति गरी देशबाहिर समेत निर्यात गरिरहेका छौं ।’ उनले यति धेरै संख्या मानिसहरु कृषि पेशामा लाग्नु पर्दैन्, कृषिको विकास गरी उत्पादन बढाउनुपर्ने सुभाव दिएका छन् । यसका लागि इजरेलले सहयोग गर्ने हनानले बताए ।

####




0 comments

Write Down Your Comment