श्रीमानको मृत्यु भएको १२ घण्टा पनि नबित्दै श्रीमतीको पनि मृत्यु
####good
पर्वत, जेठ १२ – पर्वतको बाजुङ गाविसमा श्रीमानको निधन भएको १२ घण्टा पनि नबित्दै श्रीमतीको पनि निधन भएको छ ।
बाजुङ गाविसको वडा नं १ न्याउले गाउँका ९३ वर्षीय भक्तबहादुर कुवँरको सोमबार विहान निधन भएका थियो । उहाँको अन्तिम संस्कार गरेर मलामी घर फर्केको केही समयमा नै ८५ वर्षीया धनसरी कुवँरको निधन भएको हो ।
श्रीमान श्रीमती दुवैको कालगतीले नै निधन भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । श्रीमानको विहान ५ बजे र श्रीमतीको दिउँसो साढे ४ बजे निधन भएको हो ।
श्रीमानको निधनपछि घरभन्दा केही तलसम्म शव काँध बोकेर फर्केकी धनसरीले दिनभर नुहाउनेलगायतका सबै काम आफैं गर्नुभएको थियो ।
‘गाउँभन्दा तल मोदीखोलामा श्रीमानको दाह संस्कार गरेर ४ बजे समयमा मलामी घरमा फर्केका मात्रै थिए, पानी खाने क्रममा भूईंमा ढल्नुभएको आमा त्यसपछि उठ्नुभएन,’ छोरा नरबहादुरले भन्नुभयो, ‘बुबा सामान्य बिरामी आमा भने ठिक हुनुहुन्थ्यो ।’

####




0 comments

Write Down Your Comment