६ अर्ब २२ करोडमा नर्थवेस्टलाई गौतमबुद्ध विमानस्थल निर्माणको जिम्मा
####good
काठमाडौं : भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ। एसियाली विकास बैंक (एडीबी) ले यो कम्पनीलाई विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनाउन दिने सहमित दिएको हो। यो विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनाउने काम दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत अगाडि बढाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रबन्धक मुरारी भण्डारीले ग्लोबल टेन्डरमा यो कम्पनीले सबैभन्दा कम रकम कबोलेका कारण एडीबीले यसैलाई विमानस्थल निर्माणको जिम्मा दिन स्वीकृति दिएको जानकारी दिए। प्राधिकरणको गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाका निर्देशक भण्डारीका अनुसार नर्थवेस्टको ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा यो विमानस्थल निर्माण गर्ने प्रस्ताव स्वीकृत भएको छ। अब यही कम्पनीले विमानस्थल निर्माण गर्ने विषयमा दाबी विरोध प्राधिकरणमा पेस गर्न शुक्रबार सूचना प्रकाशन गरिएको छ।
भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्‍चालन भइरहेको यो आन्तरिक विमानस्थलाई तीन हजार मिटरको धावनमार्गसहित वाइड बडीका जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रियस्तरको बनाइनेछ।
भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्‍चालन भइरहेको यो आन्तरिक विमानस्थलाई तीन हजार मिटरको धावनमार्गसहित वाइडबडीका जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रियस्तरको बनाइनेछ। विमानस्थल स्तरोन्तनि गर्न प्राधिकरणले मागेको प्रस्तावमा विभिन्‍न सातवटा कम्पनीले प्रस्ताव पेश गरेका थिए। प्राधिकरणले यो नर्थवेस्टलाई छनोट गर्न अन्तिम सहमितका लागि गत भदौमा एडीबीको केन्द्रीय कार्यालय मनिला पठाएको थियो।

एडीबीले प्राधिकरणले पठाएको सबै कागजात र कम्पनीबारे अध्ययनपश्‍चात् बुधबार मात्र यसको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको हो। अब यो कम्पनीलाई एक हप्ताको म्याद राखेर शुक्रबार नै जारी हुने एक साताको दाबी विरोधको सूचना, छनोट भएको कम्पनीले २७ दिनभित्र बैंक ग्यारेन्टी गर्नुपर्ने र ३० दिनभित्र आफ्ना सामान विमानस्थल निर्माण क्षेत्रमा परिचालन गर्न पाउने गरी दिइने समयसीमा सकिएको दुई महिनापछि यसले निर्माणकार्य सुरु गर्न सक्ने भण्डारीले जानकारी दिए।

विमानस्थल निर्माणका लागि ऋण प्रदायकले सहमति दिएपछि ठेकदार कम्पनी नर्थवेस्टसँग निर्माण सम्झौता गर्ने तयारी प्राधिकरणले सुरु गरिसकेको छ। यो विमानस्थल निर्माणकार्य सुरु भएको तीन वर्षभित्रमा सम्पन्न हुने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले मागेको प्रस्तावबाट प्राविधिक रूपमा चाइना ओभरसिज इन्जिनियरिङ, चाइना हार्भर इन्जनियरिङ, सिनो हाइड्रो, नर्थवेस्ट, सान्जोसे कालिका र आइसोलस कार्सन छनोट भएका थिए। प्राधिकरणले भौतिक पूर्वाधार निर्माणका लागि गरेको पहिलो प्रसताव अनुसार नर्थवेस्टले काम गर्ने भएको छ।

भौतिक पूर्वाधारको काम सम्पन्न भएपछि पुन: इक्युपमेन्ट राख्नको लागि प्रस्ताव आह्वान गरिने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले यो विमानस्थल स्तारोन्नति गर्न आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। यसमध्ये ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ (६३ मिलियन डलर) रकमबराबरको काम पहिलो चरणबाट गर्नका लागि प्राधिकरणले प्रस्ताव मागेको थियो। भौतिक पूर्वाधारको काम सकिएपछि दोस्रो चरणको कामका लागि पुन: ग्लोबल टेन्डर हुनेछ।

####




0 comments

Write Down Your Comment