सप्‍तरीमा झडप : एमाले नेता घाइते, टाउकोमा आठ टाँका
####good
फोटो :घाइते शुभकलाल रामलाई उपचारका लागि लगिदै।
राजविराज : सप्तरीको राजविराजमा एमाओवादी तथा मधेसवादी दल सहितको मोर्चाबीच भएको झडपमा एमालेका जिल्ला कमिटी सदस्य घाइते भएका छन्।

जनआन्दोलन चौकमा प्रहार गरिएको ढुङ्गाले एमाले जिल्ला कमिटी सदस्य शुभकलाल राम घाइते भएका हुन्। गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका रामको टाउकोमा आठ वटा टाँका लागेको छ।


मंगलबारको नेपाल बन्दको क्रममा राजविराज-५ मदननगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा आगजनी भएको विरोधमा एमालेले बुधबार राजविराजमा विरोध जुलुश निकालेको थियो।विरोध जुलुश जिल्ला प्रहरी कार्यालयमा पुगेर फर्किरहेका बेला मोर्चाका कार्यकर्ताहरुले पछाडिबाट ढुङ्गा प्रहार गरेको घाइते रामले बताएका छन्।

एमालेको विरोध जुलुस नगर परिक्रमाका बेला राजविराजस्थित जनआन्दोलन चोकमा पुगेपछि त्यहाँ  रहेका मोर्चाका कार्यकर्ताहरुसँग जम्काभेंट भएको थियो। झडपको स्थिती भएपछि घटनास्थलमा रहेका प्रहरी नायव उपरिक्षक केदार ढकाल नेतृत्वको प्रहरी टोलीले दुबै पक्षलाई घेराबन्दी पारेर झडप हुनबाट जोगाएको थियो। सम्भावित मुठभेडले त्रसित व्यापारीहरुले केहीबेर पसलहरु बन्द गरेका थए। स्थिति थप तनावग्रस्त हुन नदिन राजविराजको मुख्य चौकहरुमा ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

यसैबीच एमालेका जिल्ला सचिव शम्भु यादवले एक विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा एवं भत्र्सना गर्दै मोर्चाका कार्यकर्ताले पार्टी कार्यालयमा गरेको आगजनी बिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेर फर्कदै गरेका कार्यकर्तामाथि पछाडिबाट आक्रमण गरेर मोर्चा कार्यकर्ताले कायरता देखाएको बताएका छन्।

विज्ञप्तिमा तोडफोड र आगजनीबाट होइन जनमतमा प्रतिस्पर्धा गर्न मोर्चा, दल तथा सवै राजनितिक समुहलाई आह्वान गरिएको छ। आपराधिक घटना रोक्न स्थानीय प्रशासन निष्कृय रहेको ठहर गर्दै विज्ञप्तिमा घटनाको अविलम्ब छानवीन गर्न एवं दोषिलाई कानुनी कारवाही गरी क्षतिपूर्ति उपल›ध गराउन स्थानीय प्रशासनसँग जोडदार माँग गरिएको छ।

####




,

0 comments

Write Down Your Comment