काठमाडौंमा मादल घन्कियो, धरानमा गोली पड्कियो (फोटो फिचर)
####good
कञ्चनपुरदेखि बिराटनगरसम्म चुनावको रौनक
१४ काठमाडौं । दोस्रो संविधानसभाको तिथि नजिकिँदै जाँदा देशैभरि चुनावी रौनक तातिन थालेको छ । राजधानीलगायत देशका धेरै भूभागमा भोट माग्ने र घर दैलो गर्ने कार्यमा नेता कार्यकर्ताहरु सक्रिय बनेका छन् भने कतिपय ठाउँमा आगजनी, धरपकड र बन्द हड्तालसमेत भएका छन् ।

कांग्रेस सभापति सुशील कोइराला बाँकेमा भोट माग्दै
राजधानी बाहिरै आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा खटिनुभएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले विहीबार गाडीमाथि सजिएर भोट माग्नुभयो । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले चुनाव प्रचारका क्रममा घोडाको सहाराले नदी तरेको रोचक तस्वीर पत्रकार भोजराज भाटले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
उता, प्युठानमा एमाओवादीका उम्मेद्वार नवराज सुवेदीको गाडीमाथि वैद्य समुहका कार्यकर्ताले आगजनी गरे । आगजनी सँगै माओवादीका दुई पक्षवीच झडपसमेत भयो ।
धरानमा एमालेका कार्यकर्ताले संघीय समाजवादीका कार्याकर्तामाथि गोली हानेको भन्दै प्रहरीले एमाले कार्यकर्ताको गाडी नियन्त्रणमा लिएको छ भने संघीय समाजवादीका कार्यकर्ताले दिउँसो धरानमा यातायात बन्द गराए ।

कांग्रेस नेता देउवा डडेल्धुरामा खोलो तर्दै

झापाको तोपगाछीमा वृद्धवृद्धालाई गच्छा वितरण गर्दै केपी ओली

धरानमा गोलीकाण्डपछि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन
राजधानीमा एमाओवादीका उम्मेद्वार नन्दकिशोर पुन, एमाले समर्थित युवा संघका उम्मेद्वार महेश बस्नेत र कञ्चनपुर १ मा एमाओवादी उम्मेद्वार विना मगर माला र अवीरका साथ घरदैलो कार्यक्रममा सक्रिय देखिए । एमालेका योगेश भट्टराई पनि घरदैलोमा भेटिए भने एमाले महासचिव ईश्वर पोख्रेलको चुनाव प्रचारमा खटिएका कार्यकर्ताहरु मादल र बाँसुरी बजाउँदै सडकमा फेला परे ।
उता मोरङको बिराटनगरमा चुनावी सुरक्षा स्थितिको अवलोकन गरे । संविधान सभाको चुनाव हुन १९ दिनमात्र वाकी रहँदा मोरङ जिल्लास्थित सुरक्षाप्रमुख सहितको टोलीले क्षेत्र नम्बर ५ र ६ अन्तर्गत पर्ने मतदानस्थलको स्थलगत अध्ययन गरी सुरक्षा अवस्थाका वारेमा स्थानीयको राय संकलन गर्‍यो । जल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको अगुवाइमा गएको टोलीले जिल्लाको दक्षिणी क्षेत्र विराटनगर १६ हुँदै भारतसँग सीमाना जोडिएको वुधनगर-१ फडानीचौक, त्यसैगरी कटहरी गाविसका केही भागमा गएर स्थानीयहरुसंग सुरक्षा स्थितिबारे जानकारी लिएको थियो । सुरक्षा प्रमुखको टोली एकाएक आफ्नो गाउँमा देख्दा स्थानीयहरु अचम्मित बनेका थिए । टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता थियो ।





####




,

0 comments

Write Down Your Comment