एमाअोवादी स्थायी समितिमा रामचन्द्र, दीनानाथ र लीलामणिले हारे
####good
१२ जेठ, काठमाडौं । एमाओवादीको स्थायी समितिको चुनावमा पूर्व स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता दीनानाथ शर्मा, रामचन्द्र झा  र लीलामणि पोखरेल पराजित भएका छन्


सोमबार भएको स्थायी समितिको चुनावमा पोष्टबहादुर बोगटीले सबैभन्दा बढी अर्थात् १०३ मत पाएका छन् । डा. बाबुराम भट्टराईले ९९ मत पाएका छन् । नारायणकाजी श्रेष्ठले ८६, कृष्णबहादुर महराले ९०, टोपबहादुर रायमाझीले ७०, गिरिराजमणि पोखरेलले ७८ मत पाएका छन् ।

त्यसैगरी हरिबोल गजुरेलले ८८, अग्नि सापकोटाले ८३, शक्ति बस्नेतले ८२ र जनार्दन शर्माले ९२ मत पाएर स्थायी कमिटीको सदस्यमा जीत हात पारेका छन् । बिजेता नन्दकिशोर पुन पासाङले ६७ मत पाएका छन् भने देवेन्द्र पौडेलले ७२,  चक्रपानी खनाल बलदेव ६६ र गोपाल किरातीले ६२ मत प्राप्त गरेका छन् । वर्षमान पुनले ९४ मत पाएर जितेका  छन् भने लोकेन्द्र विष्ट ७५ मत सहित विजयी भए । विजयीमध्ये ११ प्रचण्ड पक्षका छन् भने बाबुराम पक्षका तीन र नारायणकाजी श्रेष्ठ  पक्षका दुर्इजना रहेका छन् ।

पूर्वस्थायी कमिटीमा रहेका लीलामणि पोखरेल र दीनानाथ शर्माले भने जीत हात पार्न सकेनन् । स्थायी कमिटीको चुनाव सकिएपछि अब पदाधिकारीको निर्वाचन हुने बताइएको छ ।
####




0 comments

Write Down Your Comment