सधैं गाउँको विकास निर्माणको चिन्ताले सताईरहन्छ: एमाले नेता बिष्ट
####good
उहाँले गुल्मी जिल्लाको प्राथमिकताको हिसावले पनि सधै विकास निर्माणका कुरा उठ्दा पछि परीरहने निर्वाचन क्षेत्र नं ३ मा मोटरवाटो र विधुतीकरणले मात्रै अन्य विकासका ढोकाहरु खुल्न सक्छन् भन्ने लागेर आफुले मोटरवाटो र विधुतमा ध्यान दिएको बताउनुभयो । विष्टले निर्वाचन क्षेत्रको विकासका लागि पारिवारिक, सामाजिक र राजनैतिक मायाँले समेत तान्ने बताउनुभयो ।
उहाले आफु राजनितिक व्यस्तताका कारण काठमान्डुमा रहेपनि अन्य परिवार पुर्खौली घर दोहलीमा बस्ने हुदाँ काठमान्डु भन्दा गुल्मी र निर्वाचन क्षेत्र नं ३ का जनताको अपार माया ममताले बढी तान्ने बताउनुभयो । लामो समयको राजनितिक यात्रामा व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर आफ्नो क्षेत्रलाई निरन्तर सहयोग गरीरहनुभएका विष्टले विकास र संविधान निर्माणका लागि मत दिन आग्रह गर्नुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment