कांग्रेस उम्मेदवारलाई कार्यकर्ताले लगाइदिए जुत्ताको माला
####good
स्थानीय कांग्रेस कार्यकर्ता इन्द्रजंग थापासहितको टोलीले गाडीबाट ओर्लना साथ पन्तलाई जुत्ताको माला लगाइदिएको कांग्रेस जिल्ला कार्यसमितिका सचिव शुकदेव दवाडीले जानकारी दिनुभयो ।
कार्यक्रमस्थल ठाँटीपोखरीको नांगेचौरमा पुगेकी पन्तलाई केही कुरा गर्नुछ भन्दै गरेका कार्यकर्ताले जुत्ताको माला लगाइदिएर फर्किएका उहाँले बताउनुभयो । कार्यकर्ताहरुले झोलामा बोकेर ल्याएकाले जुत्ताको माला लगाउन लागेको बारे पूर्व जानकारी नभएको दुवाडीको भनाई छ । गोरखाको निर्वाचन क्षेत्र नम्वर २ बाट पन्त २०५६ सालको निर्वाचनमा संसद सदस्य हुनु भएको थियो ।
मन्त्रीसमेत भएकी पन्तले आफ्नो क्षेत्रको विकासका लागि केही पनि नगरेको भन्दै उनीहरुले दुर्व्यबहार गरेको कांग्रेस पालुङटार गाउँ कार्य समितिका सभापति भवेन्द्रजङ थापाले बताउनुभयो । कांग्रेस नेतृ पन्तले भने यस बिषयमा मंसिर ५ गतेपछि मात्रै प्रतिक्रिया दिने बताउनुभयो । “अहिले म तनावमा छु, पार्टीले पनि यस विषयमा छानविन गर्ला, अब चुनाव सकिएपछि मात्रै यस विषयमा कुरा गरौंला ।” उज्यालो अनलाइनसँगको टेलिफोन कुराकानीमा उहाँले पार्टीकै केही साथीहरुले युवाहरुलाई आफूविरुद्ध परिचालित गरेको आशंका गर्नुभयो ।
दुर्व्यबहार गर्ने टोलीको नेतृत्व गर्ने थापा पार्टीको कार्यकर्ता भए नभएकोबारे छानविन भइरहेको कांग्रेसका कार्यवाहक जिल्ला सभापति मोहन पोखरेलले बताउनुभयो । पार्टीको कार्यकर्ता भएको पुष्टि भए थापालाई नियम अनुसार कारवाही गरिने उहाँको भनाई छ । चुनावी सभामा सहभागी हुन कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहितका नेता पालुङटार पुगेका थिए । चुनावी सभा भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment