नेपालद्वारा पपुवा न्युगिनी ७ विकेटले पराजित
####good
४ मंसिर, काठमाडौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा खेलेको ४ मध्ये ३ खेल जितेको नेपालको ६ अंक भएको छ र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएको छ ।

पपुवा न्युगिनीले प्रस्तुत गरेको नेपालसामू १ सय ४१ रनको लक्ष्य नेपालले १ड।२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । यसअघि युएईको सारजहाँ क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । उसका लागि जोन्सले ५५ रन बनाए । नेपालका लागि पारस खड्का र अमृत भट्टराईले समान २/२ तथा जितेन्द्र मुखियाले १ विकेट लिए ।
####




0 comments

Write Down Your Comment