मुलाको साग' र 'दारी बुढो' एमाओवादीमा (भिडियोसहित)
####good
सिन्धुली, मंसिर १ - नेपाल टेलिभिजनबाट प्रस्तुत हुने हास्यव्यंग्य कार्यक्रम मेरीबासैका कलाकार सुरवीर पण्डित ‘दारीबुढो’ र सुरेन्द्र केसी ‘मुलाको साग’मुलाको साग शनिबार एकीकृत नेकपा माओवादीमा प्रबेश गरेका छन् ।सुरवीर पण्डितले नेकपा एमालेले चुनावका लागि तयार पारेको विज्ञापन भिडियोमा अभिनय गरेका थिए । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा एनेकपा माओवादी २ नम्बर क्षेत्रले गरेको चुनाबी सभामा पार्टी अध्यक्ष प्रचण्डको हातबाट अबिर लगाई उनीहरु एमाओवादीमा पार्टीमा प्रवेश गरेका हुन् । यसअघि गतबर्ष पुसमा सिन्धुली जिल्लाकै जरायोटार गाविसको मझुवा दोभानमा नेपाली कांग्रेसले गरेको आमसभामा कलाकार केसी गगन थापाको हातबाट अबिर लगाई नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।
एमाओवादीमा प्रवेश गरेपछि चुनाबी सभालाई सम्बोधन गर्दै कलाकार पण्डितले अब एमाओवादीमा बसेर आफू लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागि पर्ने बताए । पण्डितको भाषण तलको भिडियोमा हेुर्नहोला ।
####
.jpg)





0 comments
Write Down Your Comment