कपिलवस्तुमा चुनावी चहलपहल तीव्र
####good
कपिलवस्तु, कार्तिक २७ । कपिलवस्तुमा चुनावी चहपहल तीव्र भएको छ । जिल्लाका सबै जसो राजनीतिक दलका उम्मेदवारहरुको घरदैलो र सभालगायतका कार्यक्रमले जिल्लालाई चुनावमय बनाएको हो ।

निर्वाचन आयोगले भड्किलो प्रचारप्रसार गर्न आचारसंहितामार्फत रोक लगाएपछि अहिले कपिलवस्तुमा दलहरुले घरदैलो तीव्र पारिरहेका छन् ।

जिल्लामा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, सद्भावना पार्टीका उम्मेदवारहरुवीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लामा गत निर्वाचनको तुलनामा झण्डै एक चौथाई मतदाता संख्या घटेका छन् । जिल्लामा अहिले कुल २ लाख ३८ हजार ८ सय ४९ मतदाता रहेका छन् ।
####




0 comments

Write Down Your Comment