एमालेः कहाँ–को विजयी ?
####good
काठमाडौं, मंसिर ७ । संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमालेले अहिलेसम्म ६५ क्षेत्रमा विजय हासिल गरेको छ । नेकपा एमालेबाट विजयी हुनेहरुमा सप्तरी ४ बाट ताराकान्त चौधरी, ताप्लेजुङ २ बाट डम्बरध्वज तुम्बाहाम्फे, चितवन १ बाट सुरेन्द्र पाण्डे, दैलेख २ बाट लक्ष्मी पोखरेल, भोजपुर २ बाट शेरधन राइ, खोटाङ २ बाट विशाल भट्टराई छन् ।

यस्तै झापा ४ बाट प्रेम गिरी, दैलेख १ बाट अमरबहादुर थापा, पर्सा ३ बाट राजकुमार गुप्ता, वैतडी १ बाट दामोदर भण्डारी, झापा ७ बाट केपी शर्मा ओली, खोटाङ १ बाट पीके राइ, तेह्रथुमबाट भवानी प्रसाद खापुङ, सिराहा २ बाट रामचन्द्र यादव, पर्सा २ बाट विचारी यादव चितवन ३ बाट कृष्णभक्त पोखरेल, काभ्रे ४ बाट विदुर सापकोटा छन् ।

यसैगरी लमजुङ १ बाट जमिन्द्रमान घले, नवलपरासी २ जीवन श्रेष्ठ, पर्सा ४ बाट जयप्रकाश थारु, ईलाम २ बाट सुवास नेम्वाङ, म्याग्दीबाट नवराज शर्मा, बारा ६ बाट पुरुषोत्तम पौडेल, बारा ४ बाट नज्मा खातून, सिन्धुपाल्चोक ३ शेरबहादुर तामाङ, बाँके ४ बाट दलबहादुर सुनार, मोरङ १ बाट ऋषिकेश पोखरेल, अर्घाखाँची २ बाट डा. दुमन थापा, सुनसरी ६ बाट भीम आचार्य, बाँके १ बाट देवराज भार, तनहुँ ३ बाट टुकराज सिग्देल, कपिलवस्तु १ बाट बलराम अधिकारी छन् ।

यस्तै पाँचथर १ बाट गणेश काङमाङ, बझाङ १ बाट मनप्रसाद खत्री, बझाङ २ बाट लालबहादुर रावल, रसुवाबाट जनार्दन ढकाल, प्युठान १ र बर्दिया १ बाट बामदेव गौतम, पाल्पा २ बाट सोमप्रसाद पाण्डे, कास्की ३ बाट रविन्द्र अधिकारी, कास्की ४ बाट सीता गिरी, धादिङ १ बाट धनबहादुर घले, धादिङ २ बाट गुरु बुर्लाकोटी, धादिङ ३ बाट राजेन्द्र पाण्डे छन् ।

यस्तै एमालेबाट विजयी हुनेहरुमा झापा १ बाट रविन कोइराला, डोल्पाबाट धनवहादुर वुढा, बारा ५ बाट बलबीर चौधरी, गुल्मी ३ बाट गोकर्ण विष्ट, डोटी २ बाट प्रेमबहादुर आलेमगर, मोरङ ८ बाट चन्द्रबहादुर गुरुङ, पाल्पा १ बाट राधाकृष्ण कँडेल, काठमाडौं २ र रौतहट १ बाट माधवक्मार नेपाल, काठमाडौ ३ बाट रामेश्वर फुँयाल, काठमाडौ ७ बाट रामवीर मानन्धर छन् ।

यस्तै प्यूठान २ बाट हिराबहादुर केसी, पर्वत २ बाट विकास लम्साल, मोरङ २ बाट चण्डीप्रसाद राई, पर्वत २ बाट विकास लम्साल, धनकुटा १ बाट टिकाराम चेम्जोङ, मकवानपुर ३ बाट अनन्त पौडेल, मकवानपुर ४ बाट राजाराम स्याङतान र मकवानपुर २ बाट सुवास ठकुरी छन् ।
####




0 comments

Write Down Your Comment