इजरायलद्धारा सिरियाको लातकियामा हवाई आक्रमण
####good
काठमाडौं (एजेन्सी), कार्तिक १५ । इजरायलले सिरियाको लातकिया सहरमा हवाई आक्रमण गरेको दाबी एक जना अमेरिकी अधिकारीले गरेका छन् । नाम नखुलाइएका ती अधिकारीका अनुसार इजरायली हवाई सेनाले सिरियाको तटीय सहर लातकियाको एउटा हवाई अखडामा आक्रमण गरेको हो ।उक्त हवाई अखडामा राखिएका रुसी मिसाइलहरु लेबनानको अतिवादी समूह हिजबुल्लाहको हात लाग्ने डरले इजरायलले तीनै मिसाइलहरु ध्वस्त पार्न आक्रमण गरेको दाकी अमेरीकी अधिकारीको छ ।
सिरिया सरकार र इजरायलले भने घटनाप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।
इजरायलले सिरियामाथि यो वर्ष गरेको भनिएको यो तेस्रो हवाई आक्रमण हो ।
यसअघि पनि हिजबुल्लाकै लागि हतियार लैजान लागिएको आशंकामा इजरायलले दुई पटक सिरियाली केन्द्रहरुलाई निशाना बनाइसकेको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment