हृदयघातबाट उम्मेदवारको मृत्यु
####good
कपिलवस्तु, कात्तिक २१ कपिलवस्तु क्षेत्र नं १ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार सराफत खाँको हृदयघातबाट ज्यान गएको छ । कपिलवस्तु नगरपालिका १ मस्जिद टोल बस्ने खाँलाई घरमा बसिरहेका बेला गए बुधबार राती १० बजेतिर हृदयघात भएपछि उपचारका लागि भैरहवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो ।५९ वर्षिय खाँ को उपचारका क्रममा बिहीबार विहान ज्यान गएको हो । खाँको मृत्युप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले गहिरो दुख प्रकट गरेको छ । खाँको ३ छोरा, २ छोरी र एक श्रीमती छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment