चुनावी सुरक्षाका लागि थप सेना परिचालन हुँदै
####good
निर्वाचनको एक महिनाअघि गएको कात्तिक ३ गते ब्यारेकबाट निस्केर हरेक निर्वाचन क्षेत्रमा दुईटा अस्थायी ब्यारेक बनाएर बसेको सेना मंगलबारदेखि थप ठाउँमा परिचालन हुन लागेको हो ।
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सहयोगीका रुपमा परिचालन भएको सेनाले विभिन्न नौवटा जिम्मेवारी बहन गर्दै चुनावी सुरक्षा दह्रो पार्नेछ । मंगलवारदेखि हरेक निर्वाचन क्षेत्रका गाउँ पुग्ने सेनाले मतदानस्थल आसपासको बाहिरी सुरक्षा बलियो बनाउनेछ ।इलामको गढीथुम्कास्थित कालीध्वज गणका गणपति कर्णेल सुवासजङ थापाले इलाममा चुनावी सुरक्षाका लागि पाँच ठाउँमा अस्थायी क्याम्प बनाएर बसेको सेना मंगलवारदेखि १५ नयाँ ठाउँमा विस्तार हुने बताउनुभयो । क्षेत्र नम्बर १ को आइतवारेमा बस्दै आएको सेना मंगलवार जिर्मले र दानावारीका लागि बन्दोबस्तीका सामग्रीसहित निस्कँदैछ ।
क्षेत्र नम्बर २ का लागि चुलाचुली, बाँझो, साकफारा, आमचोक, गजुरमुखी र मंगलवारेमा सेनाको टुकुडी बस्दैछ । यस्तै, क्षेत्र नम्बर ३ को चुनावी सुरक्षाका लागि माबु, माइमझुवा, नयाँबजार, प्याङ, नामसालिङ र चमैंतामा सेनाको टुकुडी राखिँदैछ ।
इलाम सुरक्षा दृष्टिले सामान्य भएकाले मतदानस्थल बाहिरको आउटर रिङ चुस्तदुरुस्त पार्नु सेनाको मुख्य जिम्मेवारी हुने जानकारी दिँदै कर्णेल थापाले सुरक्षा संवेदनशीलता भएका जिल्लामा भने फरक भूमिका हुने बताउनुभयो ।
####
.jpg)



0 comments
Write Down Your Comment