प्रारम्भिक नतिजा अनुसार कांग्रेस–एमाले बराबरी, एमाओवादी तेस्रो स्थानमा (भिडियो सहित)
####good
काठमाण्डौको क्षेत्र नम्बर १० मा नेपाली काँग्रेसका राजन केसीले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार केसीले १३५१, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११५१ र एमालेका सुरेन्द्र मानन्धरले १०५९ मत प्राप्त गरेका छन् ।
यस्तै काठमाडौ २ मा नेकपा एमालेका नेता माधवकुमार नेपालले अग्रता लिएका छन् । सो क्षेत्रमा काँग्रेसकी प्रतिमा गौतम दोस्रो र राप्रपा नेपालका उम्मेद्वार तेस्रो स्थानमा छन् भने एकीकृत माओवादीका लिलामणि पोखरेल चौथो स्थानमा छन् ।
काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका गगन थापाले फराकिलो मतअन्तरले अग्रता लिएका छन् भने दोस्रो स्थानमा एमालेका निर्मल कुइँकेल र तेस्रो स्थानमा एमाओवादीका नन्दकिशोर पुन छन् । काठमाडौ क्षेत्र नम्बर सातमा एकीकृत माओवादीकी हिसिला यमीले अग्रता लिएका छन भने क्षेत्र नम्वर ८ मा नेपाली काँग्रेसका नविन्द्रराज जोशीले अग्रता लिएका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment