ट्रकमा पेट्रोल बम प्रहार, दुई घाइते (भिडियोसहित)
####good
बारा, कार्तिक २८ । बाराको दुधौरा पुल नजिक जीतपुरबाट धान बोकेर निजगढतर्फ जाँदै गरेको ट्रकमा वैद्य समूहका कार्यकर्ताले पेट्रोल बम प्रहार गर्दा चालक राजुकुमार क्षेत्री र धान व्यापारी हिरालाल पर्साइ घाइते भएका छन् । चालक क्षेत्रीको अवस्था चिन्ताजनक रहेको छ ।

दुबै घाइतेको नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उता, बन्दकर्ताले पाँचथरको नाँगिन ७ स्थित वुधकमा राप्रपा क्षेत्र नम्वर १ का प्रत्यक्षतर्फका उम्मेदवार प्रेमराज थाम्सुहाङले प्रयोग गरेको मोटर साइकलमा पनि आगजनी गरेका इमेज संवाददाताले जनाएका छन् ।
####




0 comments

Write Down Your Comment