चुनावपछि मै प्रधानमन्त्री : दाहाल (भिडियोसहित)
####good
पोखरा, कार्तिक २८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचनपछि देशको प्रधानमन्त्री आफैं बन्ने दाबी गरेका छन् । पोखराको चुनावी आमसभालाई सम्बोधन गर्दै आज दाहालले बहुमतीय सरकारको प्रधानमन्त्री बनेपछि आफैंले पोखराको विमानस्थल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।अध्यक्ष दाहालले मनाङ, पर्वत, स्याङ्जाको आमसभालाई सम्बोधन गरी पोखरा आएर एमाले–कांग्रेसले अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिएको आरोप लगाएका हुन् ।
उनले संविधानसभालाई विफल बनाउन यातायात बन्दलगायतका आन्दोलनका कार्यक्रम आह्वान गरेको नेकपा–माओवादीलाई ‘बामपुड्के’ पार्टीको संज्ञा दिए ।
आफूलाई राष्ट्रको नेता स्वीकार्दै ठाउँठाउँमा दाहाललाई हिड्न सजिलो होस् भनेर यातायात बन्द गरिदिएको र कञ्चनपुरमा बम पड्काएर सलामी दिएको भन्दै ब्यङ्ग्य समेत गरे ।
उनले निर्वाचन विरोधीहरु राजा–महाराजा हुन् भन्दै जनताले नै त्यस्तालाई समाप्त पार्ने दाबी समेत गरे । देशब्यापी चुनावी प्रचार अभियानमा निस्किएका दाहालले आज ६ जिल्लाका सभालाई सम्बोधन गरे ।
मनाङ, पर्वत, स्याङ्जा, हुँदै कास्की आएका दाहालले लमजुङ र धादिङका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment