गुन्डाका नाइकेको स्वागत गर्न कांग्रेस कार्यकर्ताको लर्को
####good
गिरीलाई स्वागत गर्न विमानस्थल लगिएका अधिकांश गाडी मोरङ कांग्रेसका उम्मेदवारालाई मत माथिएका पोस्टर तथा पार्टीको झन्डा टाँगिएका थिए । गिरीलाई स्वागत गर्न कांग्रेस मोरङका कोषाध्यक्ष नागेश कोइराला नेतृत्वमा टोली परिचाल नभएको थियो । गिरीलाई विमानस्थलबाट र्यालीसहित नगर परिक्रमा गराइएको अन्नपूर्ण पोस्टमा खबर छ ।
यती एअरलाइन्सको ७९१ नम्बरको उडानबाट अपरान्ह २ बजे विराटनगर पुगेका गिरीलाई स्वागत गर्न सयौं कार्यकर्ता पर्खेर बसेका थिए । १ बजे विराटनगर अवतरण हुनुपर्ने विमान करिब एक घन्टा ढिलो भएको थियो । गिरीले काठमाण्डौं विमानस्थलबाट विराटनगरका लागि समर्थकलाई उडान ढिलो भएको सूचना दिएका थिए । गिरीको सूचनाका आधारमा विराटनगरमा कांग्रेस कार्यकर्ता परिचालित भएको तरुण दलका एक स्थायी कार्यकर्ताले बताए ।
####
.jpg)



0 comments
Write Down Your Comment