दलहरु कतारमा पनि भोट माग्दै, मतका लागि १० रियादको फोन
####good
’ नेपालीको भेटघाट हुने स्थलहरूमा एमाओवादी, कांग्रेस र एमालेबीचको त्रिपक्षीय प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्ने सुन्न प्रवासी नेपाली आतुर छन् । १४ वर्षदेखि कतारमा कार्यरत श्रेष्ठले प्रवासमा बस्नेहरूको भविष्यका लागि यो चुनाव निकै महत्त्वपूर्ण रहेको बताए । ‘कतारको बसाइ क्षणिक हो । देशमै गरिखानका लागि छिटो संविधान बन्नुपर्छ । बलियो सरकार बन्नुपर्छ,’ उनी भन्दै थिए, ‘त्यसका लागि यो संविधानसभाको चुनाव जसरी पनि सफल हुनुपर्छ ।’ स्वदेशमा रोजगार र लगानी गर्ने वातावरण नभएर आफू खाडीको रापमा बस्नुपरेको उनले बताए । भने, ‘कसलाई भोट हाल्ने विषयमा परिवारसँग निरन्तर छलफल भइरहेको छ । परिवारले पनि चुनावको गतिविधिबारे जानकारी गराइरहेका हुन्छन् ।’ प्रवासमा बस्नेले मताधिकार प्रयोग गर्न नपाए पनि यो अवसर नगुमाउन घरपरिवारलाई सम्झाउने पक्षमा रहेको बुटवलका ३८ वर्षीय सुन्दर भण्डरीले बताए ।
‘मेरो क्षेत्रमा एमालेका विष्णु पौडेल र एमाओवादीका बाबुराम भट्टराई भोट माग्दै घर आइसक्नु भएको श्रीमतीले सुनाउँदै थिइन्,’ भण्डारीले भने, ‘सही नेतृत्व चुन्न नभुल्नु भनेको छु । नेपालमा गइसकेपछि आफ्नै गाउँमा कुटो कोदालो खनेर खान पाओस्, फेरि काम खोज्दै यता आउन नपरोस् । हामीजस्ता युवा पटक-पटक विदेश हिँड्न नपरोस् । संविधान बनेपछि मात्रै देशको ढोका खुल्नेछ ।’ प्रवासी नेपाली जनताको मत हाल्न पाउन खोज्ने अधिकार कसैले बिथोल्न नहुने पक्षमा छन् । ‘गणतन्त्र पछि जनताले आफैं संविधान बनाउन मत हाल्न पाउने अवस्था आएको छ । यसलाई कसैले बिथोल्न, रोक्न हुँदैन,’ भण्डारीले भने, ‘चुनाव हुनैपर्छ । चुनाव नहुनु भनेको हाम्रो टाउकोमा झन् ऋण थपिदिनु हो ।’ रूपन्देही रामकेबल यादवले आफूले दुई छोरा, एक छोरी र श्रीमतीलाई मत प्रयोग गर्न १० रियालको फोन गरेको बताए । ‘
हामी नेपाली भएर पनि आफ्नो मतको प्रयोग गर्न पाउने मौलिक अधिकारबाट वञ्चित हुनुपर्यो । विदेशमा बस्नेका लागि केही वैकल्पिक व्यवस्था गरिदिएको भए हुन्थ्यो,’ ५० वर्षीय यादवले भने, ‘जीवनको एउटा महत्त्वपूर्ण अवसरबाट वञ्जित हुनुपर्यो । यो हाम्रो दुर्भाग्य हो ।’ कतारमा पनि नेपालका राजनीतिक दलसम्बद्ध संगठनहरू क्रियाशील छन् । एमाओवादी, कांग्रेस, एमाले र संयुक्त जनमोर्चाको एरिया तहसम्म इकाई निर्माण गरेका छन् । उनीहरूले आआफ्ना पार्टीको घोषणा पत्रबारे कामदारलाई बुझाई पार्टीलाई भोट दिन परिवारलाई सम्झाउन आग्रह गरिरहेको कान्तिपुर दैनिकमा खबर छ । ती संगठनहरूले समानुपातिक उम्मेदवारका लागि नाम सिफारिस गरेका थिए । त्यसमध्ये संयुक्त जनमोर्चा निकट कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा समानुपातिक उम्मेदवार बनेका छन् । उनी पनि आफ्ना लागि भोट माग्दै हिँडेका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment