जनताले मलाई प्रधानमन्त्री भैदिए हुन्थ्यो भनेका छन् : ओली
####good
९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनताले आफू प्रधानमन्त्री बनेको हेर्न चाहेको बताउनुभएको छ । अनलाइनखबरको मल्टिमिडिया पार्टनर एभिन्यूज टेलिभिजनलाई झापाको दमकस्थित आफ्नै निवासबाट दिनुभएको अन्तरवार्तामा नेता ओलीले प्रधानमन्त्रीको जिम्मेवारी पाए आफूले कुशलतापूर्वक सबैलाई मिलाएर अघि बढ्ने दाबी गर्नुभयो ।
नेपाली जनताले मेरो पनि नाम लिएर प्रधानमन्त्री भइदिएहुन्थ्यो भनेका छन्’ ओलीले भन्नुभयो-’जिम्मेवारी आएको अवस्थामा म कुशलतापूर्वक सबै पक्षलाई मिलाएर लैजान सक्छु ।’ यद्यपि आफू कुनै पनि पदका लागि लालायित नभएको उहाँको भनाइ छ । राष्ट्रपति, उपराष्ट्रपति लगायतका संवैधानिक अंगहरुका पदाधिकारीहरुको भविश्यबारे सोधिएको प्रश्नमा नेता ओलीले यसबारे दलहरुबीच छलफल भएपछि मात्र केही भन्न सक्ने बताउनुभयो ।अघिल्लो संविधानसभाको सबै स्वामित्व नलिने
एमाले नेता ओलीले अब बन्ने संविधानसभाले अघिल्लो संविधानसभाले गरेका सबै कामको स्वामित्व नलिने बताउनुभयो । ‘अघिल्लो संविधानसभा असफल हो, असफल संविधानसभाले गरेका सबै कामलाई स्वीकार गर्नुपर्छ भन्ने छैन’ ओलीले भन्नुभयो-’राम्रा कामहरुलाई लिएर अघि बढिन्छ ।’
नेता ओलीले बाहिर चर्चा गरिएजस्तो माओवादी विरोधी कहिल्यै नरहेको र गिरिजा प्रधानमन्त्री भएका बेला शान्ति प्रक्रियाका धेरै काम आफूले गरेको बताउनुभयो । ०५२ सालमा माओवादीले जनयुद्ध थाल्दा त्यो बाटो गलत छ भनेर आफूले सम्झाएको उहाँले स्पष्ट पार्नुभयो ।
एमाओवादीले निर्वाचनमा पराजय व्यहोरे पनि राजनीतिमा यस्ता हारजीतबाट निराश बन्न नहुने उहाँले बताउनुभयो । आफूहरु जेलमा बसेेका बेला राष्ट्रिय पञ्चायतमा एकजना पनि नरहेको भन्दै उहाँले राजनीतमा धैर्यता चाहिने बताउनुभयो ।
####
.jpg)



0 comments
Write Down Your Comment