काठमाडौंमा शान्ति र्याली, बन्द सँधैका लागि बन्द गर्न माग (भिडियो सहित)
####good
काठमाडौं, कार्तिक २७ । नेपाल उद्योग वाणिज्य महासंघको आब्हानमा नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको १० दिने यातायात बन्दको विरोधमा आज सवारी साधनसहित राजधानीमा वृहत शान्ति -याली निस्केको छ । महासंघको आब्हानमा आज विहान उपत्यकाका तीनै जिल्लाबाट सर्वसाधारणहरु आ–आफ्ना सवारी साधनसहित आएर खुलामञ्चमा भेला भई -यालीमा सहभागी भएका छन् ।


-यालीमा उद्योगी, ब्यवसायी, राजनीतिक नेता, कार्यकर्ता, साहित्यकार, नागरिक समाजका अगुवा, विद्यार्थी, मजदुरसहित विभिन्न तह र तप्काका ब्यक्तिहरुको सहभागिता थियो । ¥याली रत्नपार्क, नयाँं बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको लोकन्थली, ललितपुरको सातदोबाटो, पाटन, कुपण्डोल हुंदै फेरि रत्नपार्क आएर सभामा परिणत हुने भएको थियो ।


शान्ति ¥याली आयोजक महासंघका अध्यक्ष सुरज वैद्यले अब कुनै पनि बहानामा कुनै पनि पक्षले गर्ने बन्दलाई निजी क्षेत्र सहित आम सर्वसाधारण स्विकार नगर्ने बताए । उनले राजनीतिक मुद्धामा जनतालाई चेपुवामा नपार्ने पनि दलहरुलाई आग्रह गरे ।

-यालीका सहभागीले बन्दलाई सधै बन्द गर्नुपर्नेमा जोड दिए । महासंघले आज सवै जिल्ला सदरमुकामहरु र प्रमुख शहरहरुमा पनि सवारी साधनसहितको शान्ति -याली भएको जनाएको छ । सरकारले तत्काल क्षतिपुर्तिसहित पुर्ण सुरक्षा दिने जनाएपछि यातायातका साधन संचालन गर्न ब्यवसायीहरु उत्साहित भएका छन् । सरकारले बिमा गरेकालाई बिमाबाटै र नगरेकालाई सरकारले १५ दिन भित्र क्षतीपुर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

####




0 comments

Write Down Your Comment