बालुवाटार बोलाएर मन्त्रीले नेतालाई भने- तपाईहरुको पारा ठीक भएन
####good
स्रोतका अनुसार छलफलमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र गृहमन्त्री घिमिरेले चुनाव नजिकिँदा समेत देशभर चुनावको माहोल नबनेको भन्दै चाडवाडकै कारण मात्र नभएको त हैन होला भनी नेताहरुलाई प्रश्न गर्नुभएको थियो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सुरक्षाका लागि सरकार तयार रहेको भन्दै चुनाव शान्तिपूर्ण रुपमा हुन्छ भन्ने सन्देश दिन दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो । सुरक्षा प्रतिवेदनबारे चासो जवाफमा नेताहरुले भने विगतका चुनावमा पनि छिटफुट झडपका घटना हुने गरेको भन्दै यसलाई नियन्त्रण गरेर अघि बढ्ने बताएका थिए । दलका नेताहरुले बैद्यविनाको चुनावले द्वन्द्व निम्त्याउँछ भन्ने सुरक्षापरिषद् सचिवालयको प्रतिवेदनबारे प्रश्न उठाएका थिए । ‘
यसबारे सबैले कुरा उठाएका थियौं’- संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो- ‘उहाँहरुले त्यस्तो कुनै निर्णय भएको छैन, बाहिर आएका कुरा अफवाह मात्र हो, यसबारे छानविन गर्छौं भन्नुभएको छ ।’ फोरम नेपालका सचिव रत्नेश्वरलाल कायस्थले पनि सरकारले चुनावी माहोल बनाउन दलका नेतालाई आग्रह गरेको जानकारी दिनुभयो । बालुवाटार बैठकले संविधानसभाको निर्वाचनको तयारीको समग्र मूल्याङ्ककन गर्दै निर्वाचनमा सहभागी राजनीतिक दलहरुबीचको प्रतिश्पर्धा स्वस्थ हुनुपर्ने र निर्वाचनलाई राष्ट्रिय अभियानको रुपमा लिई सम्पन्न गर्ने निश्कर्ष निकालेको मन्त्रिपरिषद् अध्यक्षका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘
संविधानसभाको निर्वाचन बहिष्कार गर्ने दलहरुले संविधान सभाको निर्वाचनलाई लक्षित गरी मतदान गर्ने नागरिकको अधिकारलाई कुण्ठित हुने गरी कुनै किसिमको बन्द, हडताल, हिंसात्मक गतिविधि नगर्न नगराउन बैठकले आव्हान गरेको छ’ विज्ञप्तिमा भनिएको छ-त्यस्तो काम कारवाही निर्वाचन आयोगबाट जारी भएको आचार संहिता र प्रचलित कानून विपरित हुने भएकोले त्यस्तो काम कारवाही उपर कानून बमोजिम कारवाही हुनुपर्ने कुरामा जोड दिइएको छ ।’ बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ र फोरम नेपालका रत्नेश्वर कायस्थलगायतको सहभागिता थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment