बन्दको अवज्ञा गर्दै मोटरसाइकल र्‍याली
####good
चितवन,, कार्तिक २५ - नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दको अबज्ञा गर्दै एमाओवादी कार्यकर्ताले सोमबार विहान चितवनमा मोटरसाईकल र्‍याली निकालेका छन् । क्षेत्र नम्बर ३ को आयोजनामा नारायणगढको क्याम्पाचौर हुंदै र्‍यालीले बजारको परिक्रमा गरेको थियो । चौबिस कोठीमा आएर समापन भएको र्‍यालीमा ७ सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको वाइसियलका जिल्ला अध्यिक्ष इश्वर सापकोटाले बताए ।

उनका अनुसार पार्टीको केन्दि्रय निर्देशन अनुसार सबै निर्वाचन क्षेत्रमा अबज्ञा र्‍याली निकाल्न लागिएको हो । अहिले ४ नम्बर क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरिएको छ । उता बन्दले गर्दा सडकमा पर्यटन बस र मोटरसाईकल मात्र चलेका छन् । सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बजार पसल बन्द छन् । शैक्षिक संस्था पनि ठप्प छन् ।

####




,

0 comments

Write Down Your Comment