अन्तरघातको आरोपमा कांग्रेसले दुई पूर्वमन्त्रीलाई कारबाही गर्यो -
####good
कांग्रेस खोटाङको अनुशासन र संगठन विभागको सिफारिसमा कारबाही गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । खोटाङ कांग्रेस सभापति विष्णुकुमार राईका अनुसार महासमिति सदस्य तथा पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत, पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्यहरू महेन्द्रकुमार कटवाल, जनककुमार कार्की, सुवाशकुमार पोखरेल, शान्ति राई, जिल्ला कोषाध्यक्ष देवी राई, २ नम्बर क्षेत्रीय सभापति विष्णुराज राई, १ नम्बर क्षेत्रीय सचिव श्यामकुमार राईलाई कारबाही गरेका छन् ।
त्यस्तै कांग्रेस नेता राजन दाहाल, मुक्ति तिम्सीना, रामप्रसाद आचार्य (आरपी), जसराज राई, शरणकुमार राई, देवेन्द्र बस्नेत, पेशल राई, निरेश राई, दिनेश राई, खेमबहादुर खड्का, देवराज बस्नेतलाई कारबाही गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको सभापति राईले बताए ।
अन्तरघातले क्षेत्र नं-१ मा नरेशकुमार श्रेष्ठ र क्षेत्र नं-२ मा विष्णुकुमार राईले एमालेबाट हार ब्यहोर्नु परेको कांग्रेसले जनाएको छ । क्षेत्र नं-१ मा श्रेष्ठले एमालेका पाँचकर्ण राईबाट नौ सय ८३ र २ मा राईले एमालेका विशाल भट्टराईबाट चार हजार नौ सय १५ मत अन्तरले हार ब्यहोरेका थिए
####
.jpg)




0 comments
Write Down Your Comment