तिन हत्या अभियुक्त सार्वजानिक
####good
पाण्डे घाईते भई भरतपुर अस्पतालमा उपचार गराउने क्रममा हिजो दिउँसो २ वजे मृत्यु भएको प्रहरी निरक्षक निशान्त श्रीवास्तवले बताए । अभियुक्त हर्कबहादुर २०५४ सालमा पनि आफ्नै बाबुको हत्या गरी कारवास सजाएँ पुरा गरी निस्केका थिए । यि तिनै वर्ट घटनाको सुक्षम अनुसन्धान गरी छिट्टै अभियुक्तहरु पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए । तिन वटै अपराधका घटना जाँड रक्सी सेवनबाट भएको उनले बताए ।
अभियुक्तहरु फारर भई विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा प्रहरीले चारै तिर घेराउ गरी पक्रेको लम्सालले जानकारी गराए । पत्रकार सम्मेलनमा तिनै जना अभियुक्तहरुले आफले कुटेको स्वीकार गरेका छन् । अमरपुरका पुने सुनारका अभियुक्त कपुरले भने आफुले मात्र नभई त्यस दिन पाडो काटेर संगै रक्सी खाने अरुले पनि त्यसै घरको आँगनमा सुनारलई कुटपिट गरेको तर उनिहरुले आफुलाई मात्र फसाएको बताएका छन् । केहि दिन कै अन्तरालमा श्रंखलाबद्ध अपराधका घटनामा प्रहरीले तत्काल अभियुक्त समात्न सकेको प्रति स्थानियवासीले प्रहरीको सक्षमताप्रति सन्तोष ब्यक्त गरेका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment