अब सय रुपैयाँमा नै कलेज पढ्न पाइने
####good
lसमता शिक्षा निकेतनको समता कलेजले त्रिभुवन विश्वविद्यालय अन्र्गतको चारवर्षे व्यवस्थापन र तीन वर्षे मानविकी संकायको पठनपाठन काठमाडौंको बौद्ध वडा नम्बर ६ बाट थालेको छ ।
समता शिक्षा निकेतन समता कलेजको मंगलबार विधिवत रुपमा उद्घाटन गरियो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अनुराधा कोइराला र डा. उपेन्द्र महतोले कलेजको उद्घाटन रिबन काटेर गरेको नागरिक दैनिकमा खबर छ ।
कलेजको सञ्चालनको पहिलो वर्ष भएकाले व्यवस्थापन र मानविकी गरी दुवै संकायतर्फ ५०-५० गरी सय जना विद्यार्थी भर्ना लिएको समताका सञ्चालक उत्तम सञ्जेलले बताए । समताले विभिन्न १९ जिल्लामा ११ माध्यमिक तहका र ८ विद्यालय प्राथमिकदेखि निम्नमाध्यमिक तहसम्म सञ्चालन गर्दै आएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment