आमा बनेकासुत्केरीले जान्नै पर्ने
####good
प्रसूति भएको केही समयपछि नै कतिपय महिलाले बिनायोजना पुनः गर्भधारण गरेको देखिन्छ । यसैले ब्रिटिस एड्भाइजरीमा भनिएको छ– प्रसूति भएको २८ दिनमै प्रजनन् क्षमता फर्कन सक्छ तापनि तत्काल पुनः गर्भवती हुने इच्छा छैन भने महिलाले प्रसूति भएको २१ दिनपछि नै परिवार नियोजनको साधन प्रयोग गर्न थाल्नु पर्छ । स्तनपानले नचाहेको गर्भधारण गर्नबाट बचाउन ठूलो भूमिका खेल्न सक्छ तर यसमा कडा नियम अपनाउनु जरुरी छ ।
यसका लागि शिशु छ महिना भन्दा कम उमेरको हुनु पर्छ र आमाले नियमित रूपमा एक दिनमा चार घण्टा र राति छ घण्टाको अन्तरालमा स्तनपान गराउनु पर्छ । यसअतिरिक्त उनीहरूमा रजस्वला पुनः सुरु भएको हुनुहुँदैन । स्तनपान गराइरहेका महिलाले प्रोजेस्ट्रोजेनमा आधारित परिवार नियोजनका साधन जस्तो कि रिङ प्रयोग गर्न सक्ने सुझाव दिइएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment