सौराहामा दसौँ हात्ती महोत्सव
####good
उद्घाटन मन्तव्य व्यक्त गर्दै पर्यटनमन्त्री श्रेष्ठले राजनीतिक दलहरू सत्ताको खेलमा नलागी संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। महोत्सव उद्घाटनअघि विभिन्न झाँकीसहितको र्याली निकालिएको थियो।
आयोजक संघका अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा संरक्षणकर्मी डा. हेमराज मिश्र, पर्यटन व्यवसायी गिरीधारी चौधरी र पर्यटन विकासमा योगदान दिएका जंगीलाल चौधरी, माहुतेहरू लालबाबु चौधरी, रवीन्द्र चौधरी र सोमकुमार कुमाललाई सम्मान गरियो।
महोत्सवअन्तर्गत पहिलो दिन हात्तीदौड र छावाको फुटबलका नमुना खेलहरू प्रदर्शन गरियो। क्रिसमस पर्वदेखि अंग्रेजी क्यालेन्डरको नयाँ वर्षको अवधिमा विदेशी पर्यटक स्वदेश फर्कने भएकाले उनीहरूलाई यहीँ पर्व मनाउन आकर्षित गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको हो। यसअघि तीन दिन आयोजना हुँदै आएको महोत्सव यस वर्षदेखि पाँच दिन आयोजना गरिएको छ।
हात्ती महोत्सवमा अन्तर्राष्ट्रिय हात्तीदौड, हात्तीका छावाको फुटबल, हात्तीको शृंगार प्रतियोगिता, गाडादौड, टाँगादौड र डुंगादौडको प्रतिस्पर्धा गराइएको छ। सौराहाको बाघमारा सामुदायिक वनको मैदानमा हुने हात्ती महोत्सवमा यस वर्ष दर्शकका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क लिएर सुविधाजनक रूपमा हेर्ने व्यवस्था मिलाइएको महोत्सव आयोजक समितिका संयोजक ज्ञानेन्द्र विष्टले जानकारी दिए। यसरी हेर्न चाहने दर्शकले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ।
महोत्सव अवधिमा सौराहाका होटल तथा रेस्टुराँमा १५ देखि २५ प्रतिशतस म छुटको व्यवस्था गरिएको क्षेत्रीय होटल संघ सौराहाका महासचिव सुमन घिमिरेले जानकारी दिए। 'जनता, संरक्षण र समृद्धि' नारासहित सुरु भएको हात्ती महोत्सवमा हात्तीदौडतर्फ ६ विदेशीसहित २० वटा समूहको सहभागिता छ।
गाडादौडमा २०, टाँगादौडमा २० र डुंगादौडमा १० वटा समूहको सहभागिता छ। छावाको फुटबलमाचार तथा हात्ती शृंगार प्रतियोगितामा पाँचवटा समूह सहभागी हुने क्षेत्रीय होटल संघ सौराहाका कार्यालय सचिव तथा महोत्सव मूल आयोजक समितिका सदस्यसचिव मनोज सुनारले बताए।
माउन्ट एभरेस्ट ब्रुअरी मुख्य तथा हिमालयन डिस्टिलरी सहप्रायोजक रहेको महोत्सवको सहयोगी संस्थामा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधि कार्यक्रम, बर्ड एजुकेसन सोसाइटी, नेचर गाइड एसोसिएसन, कुमरोज मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, लायन्स क्लब अफ चितवन सौराहा, वन्यजन्तु संरक्षण समाज, बर्ड कन्जरभेसन नेपाल रहेका छन्। महोत्सव सञ्चालन गर्न ३१ लाख ३४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
####
.jpg)




0 comments
Write Down Your Comment