अबदेखि लुम्बिनी च्याम्पियनसिप
####good
काठमाडौ, पुस ८ - नेपाली खेलकुदमा नयाँ स्वरूपको प्रतियोगिता थपिएको छ । अबदेखि प्रत्येक पहिलो वर्ष बृहत् खेलकुद र दोस्रो वर्ष लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार नयाँ स्वरूपको च्याम्पियनसिपबारे जानकारी दिएको हो । 'लुम्बिनीलाई ब्रान्डका रूपमा स्थापित गर्न यसै नाममा च्याम्पियनसिपको नाम राखेका हौं,' राखेप सदस्य सचिव युवराज लामाले प्रतियोगिताबारे जानकारी दिंदै भने, 'अहिले ३३ खेल समावेश गरिएको छ ।' उनले सक्रिय संघ र खेलको मात्र राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको बताए । 'सक्रिय रहेका खेललाई समावेश गरेका छौं, पसल थापेर बस्नेहरू बिस्तारै पाखा लाग्छन्,' उनले भने । उनले लुम्बिनीलाई सबैतिर प्रचारका लागि पनि यसले मदत गर्ने धारणा राखे ।
त्यस अवसरमा प्रतियोगिताको नारा र लोगो पनि सार्वजनिक गरिएको थियो । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० को नारा 'शान्तिका लागि खेलकुद' र लोगो लुम्बिनीको मन्दिर रहेको छ ।
पुस १५ देखि माघ १५ सम्म काठमाडौं, पोखरा, लुम्बिनी, सातदोबाटो, चितवन, नेपालगन्ज, विराटनगर, नवलपरासी र इलाममा प्रतियोगिता सञ्चालन हुनेछन् ।
'पहिले प्रत्येक खेलका छुट्टाछुट्टै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न राखेपले केही आर्थिक सहयोग गथ्र्यो,' सदस्य सचिव लामाले भने,'यस पटकदेखि प्रतियोगितालाई थप व्यवस्थित र सहभागितामूलक बनाउने प्रयास सुरु गरेका छौं ।'
उनले च्याम्पियनसिपका लागि राखेप, युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयले तीन करोड एक लाखको बजेट विनियोजन गरेको बताए ।
उनले यसै प्रतियोगितालाई आधार बनाएर अर्को वर्ष कोरियाको इन्चेनमा हुने १७ औं एसियाली खेलकुलमा सहभागी हुने सम्भावित खेलका खेलाडी पनि छनोट गरिने जानकारी दिए ।
लुम्बिनी च्याम्पियनसिपमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेललाई मात्र राखिएको र त्यसको मात्र राष्ट्रिय प्रतियोगिता गरिने जानकारी राखेपले दिएको छ । यस वर्ष पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने तय भए पनि संविधानसभाको चुनावको कारण अर्को वर्षका लागि सारिएको हो ।
यस पटक समावेश भएकामध्ये तीस खेल तोकिएको समयमा सम्पन्न हुनेछन् भने पौडी, शारीरिक सुगठन र  गल्फका लागि अहिलेको समय अनुकूल नभएकाले फागुन र चैतमा सञ्चालन हुनेछन् ।
सहभागी खेलहरू
जुडो, बास्केटबल, बुद्धिचाल, टेबलटेनिस, उसु, ब्याडमिन्टन, सुटिङ, क्रिकेट, फुलकन्ट्याक्ट कराँते, पौडी, नेपाल आईटीएफ, तेेक्वान्दो युनियन, कुस्ती, साइक्लिङ, स्क्वास राकेट्स, विलियर्ड स्नुकर तथा पुल, भारोत्तोलन, हकी, लनटेनिस, कपर्दी, तेक्वान्दो, आर्चरी, कराँते, फुटबल, बक्सिङ, एथलेटिक्स, जिम्न्यास्टिक, गल्फ, सफ्टटेनिस, शारीरिक सुगठन, भलिबल, बुदोकैदो र ह्यान्डबल ।
- See
####




0 comments

Write Down Your Comment