विश्वमा सबैभन्दा कम तापमान भएको स्थान पत्ता लाग्यो (हेरौं भिडियो)
####good
काठमाडौं, मंसिर २५ । अमेरिकी बैज्ञानिकहरुको एक टोलीले बिश्वमा सबैभन्दा कम तापमान भएको स्थान पत्ता लगाएको छ । एक उपग्रह मार्फत पत्ता लगाएको उक्त क्षेत्रको तापमान माइनस १ सय ३५ दशमलव ८ डिग्री फरेनहाईट मापन गरिएको छ । अमेरिकाको कोलोराडो बिश्वबिद्यालयका शोधकर्ताहरुका अनुसार अंटार्कटिकाको बीच भागमा बिश्वकै कम तापमान भएको पत्ता लागेको हो ।

यसअघी बिश्वकै न्युनतम तापमान भएको स्थान अंटार्कटिकाको छेउको भाग ठहर गरिएको थियो ।

सन् १९८३ मा त्यहांको तापमान माईनस ८९ दशमलव २ डिग्री परेनहाईट मापन गरिएको थियो । १९ औं शताब्दी यता अंटार्कटिकालाई बिश्वका कयौं राष्ट्रहरुले आ आफनो भुभाग भन्दै दाबी गर्दै आएका छन् ।


####




0 comments

Write Down Your Comment