संविधानसभा विघटनको मुद्दा उठाउँदै माओवादी
####good
काठमाडौं, मंसिर २३ - मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संविधानसभा विघटनको मुद्दा उठाउने भएको छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले संविधानसभा विघटनको कार्ययोजनालाई दृढतापूर्वक अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।संविधानसभा विघटनसहितका भावी कार्ययोजना समेटिएको अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई उपलब्ध गराइएको छ । बैठकको पहिलो दिन १५ राज्य समितिका ईञ्चार्जहरुले धारणा रिपोर्टिङ गरेका छन् ।
माओवादी प्रवक्त पम्फा भूसालले महाधिवेशनपछिको पार्टी भूमिका तथा संविधानसभा निर्वाचनको समीक्षा गरिने बताइन् । चुनावको विपक्षमा रहेको माओवादीले सक्रिय बहिस्कार गरेको थियो । प्रवक्ता भूसालले केन्द्रीय समिति बैठकले आगामी कार्ययोजना तथा सांगठनिक संरचना परिवर्तन गर्ने जानकारी दिइन् ।
####
.jpg)



0 comments
Write Down Your Comment