भ्रष्टाचार मुद्दामा एसएसपी चन्दविरुद्ध विशेष अदालतमा मुद्दा
####good
७ पुस,काठमाडौँ । नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक प्रेम बहादुर चन्दले १ करोड ७९ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अञ्चल प्रहरी कार्यालय बाग्मतीका लागि काभ्रेपलान्चोक जिल्लाको साँगा गा.वि..स. वडा नं. ४ मा जग्गा किन्दा एससएसपी चन्दले भ्रष्टाचार गरेको आयोगको दाबी छ । चन्दसँगै जग्गाधनीहरु राजकुमार भालु, सुनीलकुमार राजवंशी र रामेश्वर कायस्थसमेत ४ जना विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment