लाइसेन्स र बिलबुक छिट्टै स्मार्ट कार्डमा
####good
नेपाल अटोपत्रकार संघले सोमबार राजधानीमा आयोजना गरेको तीन महिने सडक सुरक्षा कार्यक्रमको समापनमा बोल्दै पन्तले सरकारले लाइसेन्स दिने प्रणालीमा केही सुधार गर्दा ठूलै राहत भएको बताए । 'सरकार सडक सुरक्षाको विषयमा गम्भीर छ त्यसको लागि सबै क्षेत्र सचेत हुनुपर्ने जरुरी छ,' मन्त्री पन्तले भने ।ट्राफिक जनचेतना जगाउन, सवारी दुर्घटना न्युनीकरणलगायत कार्यक्रम गर्न बजेटको व्यवस्था गरिएको सचिव तुलसीप्रसाद सिटौलाले बताए । 'सरकारले यस्ता कार्यक्रमका लागि वार्षिक ४ करोड रुपैयाँ विनियोजन गरेकाले सरोकारवालाहरुसँग सहकार्य गरी अघि बढ्न हामी तयार छौं,' उनले भने ।
####
.jpg)



0 comments
Write Down Your Comment