Imge,
समाचार
»
कस्तो हुनेछ त हेटौडाको सुरुंग मार्ग (भिडियो तथा फोटो फिचर)
कस्तो हुनेछ त हेटौडाको सुरुंग मार्ग (भिडियो तथा फोटो फिचर)
####good
बहुचर्चित हेटौँडा–कुलेखानी–काठमाडौँ सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणको निर्माण कार्यमा रु २४ करोड खर्च लाग्नेछ । यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ। निजि क्षेत्रको संलग्नतामा सम्पन्न हुने यस परियोजनामा एनारएनको समेत लगानी रहेको छ | ५८ किमी लामो यस मार्गमा ४ लेनको द्रुतमार्ग तथा ३ वटा सुरुंग हुनेछ | ४ बर्षमा सम्पन्न गरिने लक्ष्य राखिएको यस सुरुंग मार्गको कुल अनुमानित लागत रु ३४.८७ अर्ब लाग्नेछ | नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले कामको सुरुवात भीमफेदीबाट कुलेखानीसम्मको सुरुङ खनेर गरिएकाले पनि कामका लागि सो मार्ग प्रयोग आई ढुवानीमा सहजता आउने बताए। सुरुङमार्ग हेटौँडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैँसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हुँदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौँको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ।
0 comments
Write Down Your Comment